डा. गुणाकर भट्टविरुद्धको रिट तीन दिनदेखि ‘हेर्न नभ्याइने’मै


काठमाडौं-  नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नरका रूपमा डा. गुणाकर भट्टको नाम सार्वजनिक चर्चा भइरहँदा, सर्वोच्च अदालतमा उनीविरुद्ध परेको रिट लगातार तेस्रो दिन पनि सुनुवाइमा आउन सकेन ।

गभर्नर नियुक्तिको तयारी भइरहेको आशंकामा कार्यकारी निर्देशक भट्टविरुद्ध पुरक निवेदनसहित रिट दर्ता गरिएको थियो । तर आइतबार, सोमबार र मंगलबार तीन दिन लगातार यो रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार यो मुद्दा सूचीकृत गरिएको थियो । यद्यपि, १७औँ नम्बरमा रहेको रिट सोही दिन फेरि हेर्न नभ्याइने सूचीमा गयो ।

यसअघि आइतबार र सोमबार क्रमशः ३७औँ र १३औँ नम्बरमा परेको मुद्दा पनि उस्तै हालतमा परेपछि कानुनी प्रक्रिया प्रति चासो थपिएको छ ।

 

 

प्रतिक्रिया