
पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको तार खस्यो, एकै परिवारका ३ सहित ४ को मृत्यु, २ जना घाइते
फुङलिङ — प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने क्रममा बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।
सदरमुकाम फुङ्लिङदेखि पाथीभरा मन्दिरको दर्शनका लागि गएको बोलेर गाडी फुङ्लिङ नगरपालिका १० सेवारो चोकमा करेन्ट सहितको बिजुलीको नाङ्गो तार खसेर आगोलागि हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो ।
मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० सेवारो चोकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ ।
गाडीमा ६ जना रहेको र अन्य घाइते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उनका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक आध्या घाइते साविनाको छोरी र सरिता र विनोद पौडेल साविनाको बुबा आमा रहेको जनाइएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।



कागजपत्र |
