प्रधानमन्त्री ओली रंगशालामा, उपाधिका लागि नेपाल र बंगलादेशबीचको खेल सुरू


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले थ्री नेसन्स कपको फाइनल खेलको उद्घाटन गरेका छन् । राजधानीको दशरथ रंगशालामा सुरु हुन लागेको कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल खेल हेर्न पुगेका प्रधानमन्त्री ओलीले रेफ्रीलाई बल दिँदै खेलको उद्घाटन गरेका हुन् ।

फाइनलमा बंगलादेश र नेपाल प्रतिस्पर्धा गर्दैछ। फाइनल खेल साढे ५ बजेदेखि सुरु भएको छ ।

नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन् । नेपालले बंगलादेशविरुद्ध २२ वर्षअघि फाइनल खेल्दा प्रशिक्षक बालगोपाल महर्जन टिमका मिडफिल्डर थिए ।

नेपालले उपाधिविहीन यात्रालाई २३ वर्षमा टुंग्याउँदै २०१६ मा ढाकामा बंगबन्धु गोल्डकप जित्दाका प्रशिक्षक पनि हुन् महर्जन । उनले नेपाली टिमलाई साफ यू–१९ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद (यू–२३) को उपाधि पनि जिताएका थिए।

दशरथ रंगशालामै भएको सन् १९९९ को आठौं दक्षिण एसियाली महासंघीय खेलकुद ९साफ गेम्स० को त्यो फाइनलमा घरेलु टिमलाई १–० ले निराश पार्दै बंगलादेशले स्वर्ण पदक लगेको थियो ।

पहिलो साफ गेम्स ९१९८४० को फाइनल भेटमा भने नेपालले बंगलादेशलाई ४–२ ले पन्छाउँदै स्वर्ण चुमेको थियो ।

यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।

 

प्रतिक्रिया