तिम्सिना निवासमा अध्यक्ष दाहाल र नेता नेपालबीच दोस्रो भेट


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ । सोमबार दिउँसो कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिम्सिनाको घरमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो। उक्त निवासमा दाहाल र नेपालबीचको यो दोस्रो भेट हो ।

माओवादी केन्द्रले सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीका गरिरहेका बेला भएको भेटघाटलाई अर्थपूर्ण हेरिएको छ ।

भेटमा माओवादी केन्द्रको तर्फबाट दाहालसँगै नारायणकाजी श्रेष्ठ र नेपालसँगै भीम रावल सहभागी रहेका थिए । छलफलमा आगामी रणनीतिको विषयमा छलफल भएको बताइको छ ।

सर्वोच्च अदालतले पार्टी एकिकरण अस्वीकार गर्दै नेकपा एमाले र एमाले ब्युँताइदिएपछि दाहाल-नेपाल समस्यामा छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न आलटाल गरेपछि उनीहरु समस्यामा परेका हुन् ।

त्यसो त ओलीले पार्टी अनुशासन विपरित काम गरेको भन्दै नेपालसहितका एमालेका चार नेतालाई स्पष्टीकरण सोधेका थिए । नेपालले उल्टै ओलीलाई प्रतिप्रश्नसहित जवाफ पठाएका थिए ।

प्रतिक्रिया