

यस्तो बन्दैछ सिके–रञ्जिताकाे पार्टी

काठमाडौं– डा. सिके राउत नेतृत्वको जनमत र रञ्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बर्दिया दुवै पार्टीका शीर्ष नेतृत्वको बैठकले एकीकृत पार्टीको नाम, नेतृत्व र झन्डाको टुंगो समेत लागेको छ ।
नेताहरुका अनुसार कार्यकारी अधिकारसहित सिके राउत एकीकृत पार्टीको अध्यक्ष बन्नेछन् भने नाउपा अध्यक्ष रञ्जिता चौधरी सहअध्यक्ष बन्ने सहमती भएको छ । नाउपा संरक्षक रेशम चौधरी एकीकृत पार्टीको पहिलो वरीयतासहित संरक्षक हुनेछन् ।
नेताहरुका अनुसार चितवन पूर्व सिके राउतले नेतृत्व गर्ने र चितवन पश्चिमको पार्टी कामको जिम्मा चौधरीले लिने समझदारी समेत भएको छ । एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी हुनेछ ।
चुनाव चिह्न ढकिया हुनेछ रहने तथा पार्टीको झन्डा आयाताकार र कलेजी रंगको पृष्ठभूमिमा सेतो पिँधसहितको ढकिया रहनेछ ।
एकीकृत पार्टीको केन्द्रीय समिति ७ सय सदस्यीय बनाउने समझदारी भएको बताइएको छ ।
प्रतिनिधि सभामा जनमतका ६ सांसद र नाउपाका ४ सांसद छन् । मधेस प्रदेशमा जनमतको १३ र नाउपाको एक सांसद छन् भने सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन् । यस्तै लुम्बिनी प्रदेशमा पनि नाउपाका ४ र जनमतका ३ सांसद छन् ।

