
कलंकीकाे एक बिजुली पाेलमा आगलागी
काठमाडौं- काठमाडौंको कलंकीमा आगलागी भएको छ । त्यहाँस्थित एक बिजुलीको पोलमा आगलागी भएकाे हाे ।
आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
आगो निभाउनका लागि दमकल घटनास्थलतर्फ गइसकेको छ ।



कागजपत्र |
