

रामेछापबाट लुक्लाका लागि उडेको समिट एअरको जहाजमा समस्या

रामेछाप – रामेछापको रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एअरको जहाजमा प्राविधिक समस्या आएको छ ।
आई एन ए के जेड कल साइनको समिट एअरको जहाजमा बिहान उड्नेबित्तिकै प्राविधिक समस्या देखिएपछि पुनः रामेछाप विमानस्थलमा नै अवतरण गराइएको छ । जहाजमा १५ जना यात्रु थिए ।
धावनमार्गबाट उचाइ लिने क्रममा जहाजको इन्डिकेटरमा समस्या देखिएको र चालकले तत्काल विमानस्थलमा नै फर्काएर अवतरण गराएको रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख हिरण शाहले जानकारी दिए ।

