

यी चार ठाउँबाट निकालिनेछ राजावादीहरुको जुलुस

काठमाडाैं- संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि राजावादीहरुले काठमाडौँको तिनकुनेमा प्रदर्शन गर्ने भएका छन् । भक्तपुर, जोरपाटी, गोंगबु र कलंकीबाट जुलुस सुरु गरी तिनकुनेमा सभामा परिणत गरिनेछ ।
भक्तपुरतर्फबाट दुर्गा प्रसाईंको निजी निवासबाट निस्कने जुलुस कोटेश्वर हुँदै तिनकुने पुग्नेछ भने जोरपाटीबाट निस्किएको जुलुस बौद्ध, चाबहिल हुँदै तिनकुने आउनेछ । गोंगबुबाट सुरु हुने जुलुस सामाखुशी, चाबहिल हुँदै तिनकुने पुग्नेछ भने कलंकीबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तिनकुने प्रवेश गर्नेछ ।
तर, राजावादी प्रदर्शनलाई रिङरोडभित्र प्रवेश गर्न अनुमति दिइएको छैन । प्रदर्शनमा १ लाखभन्दा बढी सहभागी हुने दाबी आन्दोलनका नेताहरुले गरेका छन् ।

