

जिल्ला प्रशासन कार्यालय परिसरमै लडेर मृत्यु

सल्यान — राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको जिल्ला प्रशासन कार्यालय मै मृत्यु भएको छ ।
बागचौर नगरपालिका–७ टाट्केका ७० वर्षीय टिकाराम वलीको जिल्ला प्रशासन कार्यालय सल्यानको परिसरमै लडेर मृत्यु भएको हो ।
परिचय पत्र बनाउन बिहान ११ बजे जिल्ला प्रशासन पुगेका ओली गेट नजिकै एक्कासी लडेका थिए ।
लडेपछि गम्भीर घाइते भएका वलीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

