

मनास्लु पदयात्रामा आएका ट्रेकिङ्ग गाइडको मृत्यु

गोरखा- मनास्लु पदयात्रामा ट्रेकिङ्ग गराउन आएका एक गाइडको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लावेशी स्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढली मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताए ।
उनी आइएनएफओ नेपाल ट्रेकिङ्ग एजेन्सीमार्फत अमेरिकी नागरिकको गाइडका रूपमा आएकाे डिएसपी सुवेदीले बताए । टाउकोमा गहिरो चोट लागेको शेर्पाको उपचारको क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको उनले जानकारी दिए ।

