कुलमानको गुणगान गाउँदै मदनकृष्ण भन्छन्, ‘हरेक लक्ष्मीपूजामा सम्झिने विशेष नाम कुलमान’ !


काठमाडौं – बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा जनता खुशी नभएको कुरा जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत् मदनकृष्णले हरेक लक्ष्मी पूजाको दिन घरमा बत्ती बाल्दा सम्झिने नाम कुलमान भन्दै लेखेका छन्, एउटा समारोहमा माईकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बतीहरू सबै निभे । लोड सेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ । एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कूल मान घिसिङको नाम लिएका थिए ।

एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम “कुलमान घिसिङ” …

हरेक लक्षमी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झीने बिषेश नाम “कुलमान घिसिङ”

लोड सेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय बन्न सफल ब्यक्ती हुन “कुल मान घिसिङ”

नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त कुल मान घिसिङ”

कुल मान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन है सरकार ! पटक्कै खुशी छैनन् ।

तमसोमा ज्योतीर्गमय”
असतो मा सद्गमयो”

प्रतिक्रिया