

नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै कर्मचारीको विरोध

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कानुन ल्याउन लागिरहेको भन्दै कर्मचारी संगठनहरूले कडा विरोध जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ तुरुन्त फिर्ता गर्न माग गर्दै आधिकारिक ट्रेड युनियनका सदस्यहरूले कार्यालय परिसरमा धर्ना दिएका छन् ।
उनीहरूले हवाई क्षेत्रको निजीकरणको प्रयास भइरहेको भन्दै असहमति जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष सुवास कोइरालाका अनुसार, सरोकारवालासँग कुनै छलफल नगरी विधेयक अघि बढाइएकोले यसको विरोध गरिएको हो । उनले विधेयक फिर्ता नभएसम्म निरन्तर आन्दोलन जारी रहने चेतावनी दिए ।
कोइरालाले सरकारको प्रस्तावित विधेयक विमानस्थल निजीकरण गर्ने र राज्य स्रोतलाई माफियाको हातमा पुर्याउने उद्देश्यले ल्याइएको आरोप लगाए।

