कुलमानको प्रसंग निकाल्दै विपक्षीले गरे संसद अवरोध


काठमाडौं – प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे सरकारले दिनुपर्ने माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले सदन सुरु गर्नेवित्तिकै विपक्षी दलहरूले उठेर अवरोध सुरु गरेका थिए । सभामुख घिमिरेले पटक–पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसद्हरू बसेनन् ।

त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।

 

प्रतिक्रिया