

इटहरीकाे होटल सेन्टर प्लाजामा आगलागी

सुनसरी – इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगो लागेको हो।
प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीको कारण भने खुलेको छैन ।

