बिहारकाे रेलवे स्टेसनमा गोली चल्यो, तीनजनाको मृत्यु


बिहार : भारतको बिहारमा रहेको आरा रेल्वे स्टेसनमा मंगलबार राति तीन जनाको गोली हानी हत्या गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बीबीसी समाचारमा उल्लेख छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको जानकारी दिए । तीन जनाको शव निकालिएको छ।

उनले भने, ‘तीन जनाको मृत्यु भएको छ । अभियुक्त अमन कुमार २४ वर्षका छन् । उनी भोजपुरका बासिन्दा हुन् । आरोपी अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानी हत्या गरेका हुन् । त्यसपछि उनले आफैलाई पनि गोली हाने।’

यस विषयमा अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया