नेपाललाई अमेरिकी च्यारिटीबाट पक्षाघातको निःशुल्क औषधी उपलब्ध


काठमाडाैं- अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफले नेपाललाई पक्षाघात (स्ट्रोक) का बिरामीका लागि निःशुल्क औषधी प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महँगो र दुर्लभ मानिने यो औषधी नेपालले निःशुल्क रुपमा प्राप्त गरेको हो ।

डाइरेक्ट रिलिफले पहिलो चरणमा ८०० भाइल औषधी नेपाल पठाएको छ। मन्त्रालयले मापदण्ड बनाएर सरकारी अस्पतालहरूमार्फत बिरामीलाई औषधी वितरण गर्ने जनाएको छ । विशेष रूपमा, वीर अस्पताललगायतका सरकारी अस्पताललाई प्राथमिकता दिइनेछ, र आगामी एक साताभित्र बिरामीले औषधी प्राप्त गर्ने छन् ।

नेपालमा सहजै उपलब्ध नहुने यो औषधीको एक मात्राको मूल्य झन्डै १ लाख ६० हजार रुपैयाँ पर्ने भएकाले बिरामीहरूका लागि यो राहतस्वरूप आएको छ ।

सरकारी अस्पतालमा उपचाररत बिरामीहरूलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र डाइरेक्ट रिलिफबीच दुई महिनाअघि सम्झौता भएको थियो । सोही सम्झौताअनुसार डाइरेक्ट रिलिफले आगामी पाँच वर्षसम्म नेपाललाई निःशुल्क औषधी उपलब्ध गराउने छ ।

प्रतिक्रिया