पूर्वविशिष्ट पदाधिकारीका सेवा सुविधाले अनावश्यक भार पर्दैन : गृहमन्त्री लेखक


काठमाडौं – गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधासम्बन्धी कानून अनावश्यक भार पर्ने गरी नबनाइएको स्पष्ट पारेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लेखकले सेवा सुविधाका विषयमा कानून निर्माण गर्दा राज्यलाई अनावश्यक भार नपरोस् भन्ने ध्यान दिइएको बताए ।

उनले भने, “अनावश्यक भार पर्ने गरी कानून बनेको छैन । कानून बनाएर सुविधा दिने वा नदिने विषय सांसदकै निर्णय अनुसार हुनेछ ।”

प्रतिक्रिया