दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय सदर

कानुन व्यवसायीसँग परामर्श गर्दै गण्डकी सभामुख


काठमाडौं — गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व प्रदेशमन्त्री दीपक मनाङे भनिने राजीव गुरूङलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

यसैबीच मनाङेको कैद फैसला सर्वोच्चले सदर गरेपछि गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले कानुन व्यवसायीसँग परामर्श गर्ने बताएका छन् । उनले ‘अदालतको फैसला के हो आएपछि हेरौँला । अब निलम्बन लगायतका विषयमा कानुनविदसँग परामर्श गर्छु ।’ उनले कानुन अनुसार नै आफू अघि बढ्ने बताएका छन्

 

प्रतिक्रिया