प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, देखिएन डेंगु


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ।

सोमबार बेलुकीदेखि ज्वरो आएपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंहले जानकारी दिइन्।

डेंगु भएको आशंकामा प्रधानमन्त्री ओलीको रगत परीक्षण गरिए पनि रिपोर्ट भने डेंगु नेगेटिभ आएको जनाइएको छ ।

ज्वरोले ग्रस्त भएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अरू भेटघाट स्थगित गरेका छन्।

ओली अहिले चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन्।

प्रतिक्रिया