बालुवाटार घेराउ गर्न पुगेका रास्वपाका सांसद चौधरीसहित ३३ जना पक्राउ
काठमाडाैं- सहकारी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसदसहित करिब तीन दर्जन नेता-कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा रास्वपा सांसद अशोक चौधरीसहित ३३ जना छन् ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोज्ने नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीहरूलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ।