सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क


काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गगरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

यो निर्णय मङ्सिर १ गतेदेखि लागू हुनेछ । मन्त्री पौडेलले पदबहाली गरेपछि बालबालिकाका लागि क्यान्सर उपचार निःशुल्क गर्न पहल थालेका थिए ।

साथै, उपचार खर्चमा अपुग भए मन्त्रालयले आफ्नै स्रोतबाट व्यवस्थापन गर्ने पनि प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सरको निदान हुने गर्दछ भने, सन् २०२२ मा क्यान्सरबाट १४ हजार भन्दा बढीले ज्यान गुमाएका थिए । सरकारले यो निर्णयलाई बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि एक महत्वपूर्ण कदमको रूपमा लिएको छ ।

प्रतिक्रिया