भीमदत्तका वडाध्यक्षको मृत्यु, पिकनिकमा खाँदा हड्डी अड्किएको प्रारम्भिक जानकारी, ७ पक्राउ


काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्षको मृत्यु भएको छ।

वडाध्यक्ष मदनबहादुर चन्दको पिकनिक गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक गएका थिए। सो क्रममा रक्सी र मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ।

तैपनि अनुसन्धानका लागि पिकनिकमा गएका अन्य ७ जनालाई नियन्त्रणमा राखिएको छ।

घाँटीमा समस्या देखिएपछि उनलाई शुक्रबार नै महाकाली अस्पताल लग्दा मृत्यु भइसकेको थियो। उनको शव परिक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया