अवहेलना मुद्दामा बारका अध्यक्ष घिमिरेले बुझाए लिखित जवाफ
काठमाडौं- नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् । आइतबार नेपाल बारका पूर्व अध्यक्षसहित विभिन्न कानून व्यवसायीहरूको उपस्थितिमा र लिखित जवाफ बुझाइएको हो ।
घिमिरेले तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लक्षित विवादास्पद अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द अधिकारीको प्रतिवेदनले अवहेलना मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दाको कात्तिक १ गते पेशी हुँदा सर्वोच्च अदालतले लिखित जवाफ मागेको थियो ।