अनुमति बिना काठमाडौं आएपछि थाइ एयर एसियामाथि कारबाही


काठमाडाैं-  अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

आइतबार उडान तालिका नै नभएपनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि कारबाही गरेको प्राधिकरणले जनाएको छ।

अब अर्को सूचना नआउन्जेललाई थाइ एयर एसियाको नियमित उडान र जिएसए (युनिभर्सल टुर्स एण्ड ट्राभल्स)लाई टिकट काट्न रोक लगाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उडान र अवतरणको अनुमति पाएको थाइ एयर एसिया अनुमति नलिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियाे ।  एयर एसियाको नेपालमा उडान अनुमति ‘एक्स्पायर’ (म्याद सकिएको) भएकाे थियाे । यो वायुसेवाले हिजो २६ अक्टोबरसम्मको मात्रै उडान अनुमति लिएकाे थियाे ।

थाइले गत असोज १६ बाट बैंकक–काठमाडौं दुईतर्फी व्यवसायिक उडान थालेको थियाे ।

 

प्रतिक्रिया