माओवादी महावीर समूहका नेताको हत्या, दुई पक्राउ


कपिलवस्तु -कपिलवस्तुमा नेकपा (माओवादी) महावीर समूहका नेताको हत्या भएको छ ।

नेकपा (माओवादी) महावीर समूहमा संलग्न ‘परिवर्तन’ उपनामका ४५ वर्षीय दिनेश भन्ने जयप्रकाश यादवको हत्या भएको हो ।

उनी कपिलवस्तु इलाका नम्बर १० विजयनगर गाउँपालिकाको इलाका इञ्चार्ज रहेको प्रहरीले जानकारी दिएको छ ।

उनी कपिलवस्तु नगरपालिका–१० तेनुवाका हुन् । उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनको हत्या आरोपमा सोही पार्टीको जिल्ला सेक्रेटरी बताउने ४७ वर्षीय रमेश श्रेष्ठ र जिल्ला महिला विभाग प्रमुख ४७ वर्षीया मनकला थारू पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एवं एसपी निरन्जन भट्टका अनुसार दिनेशको आइतबार (कात्तिक ४ गते) राति पौने ९ बजे विजयनगर गाउँपालिका–२ खडैचा भैंसीघाटमा एक जनाको शव फेला परेको थियो । चिरइखोलाको किनारामा एक जना पुरूषको शव कम्मरदेखि माथिको भाग बालुवाले पुरिएको अवस्थामा फेला परेको थियो । शवको पहिचान हुन सकेको थिएन ।

 

प्रतिक्रिया