स्याङबोचेभन्दा माथि हेलिकप्टर उडान रोक्न सगरमाथा निकुञ्जको प्रस्ताव


काठमाडौं-  सगरमाथा राष्ट्रिय निकुञ्जले सोलुखुम्बु स्याङबोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनमा हेलिकप्टर उडान/अवतरण रोक्न प्रस्ताव गरेको छ ।

बिहीबार बसेको सगरमाथा राष्ट्रिय निकुञ्ज, भगवतीप्रसाद गुलम र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकपछि निकुञ्जले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेकाे छ ।

सगरमाथा निकुञ्जको कोर क्षेत्रभित्र हेलिकप्टरका दैनिक ५०औं उडान/अवतरणले निकुञ्ज क्षेत्रमा ध्वनि प्रदूषण भएको, वन्यजन्तुको आनीबानी र व्यवहारमा समेत नकारात्मक असर र प्रभाव परेको भन्दै निकुञ्जले माथिल्लो भेगमा हेलिकप्टर उडानमा रोक लगाउन आग्रह गरेकाे हो ।

सगरमाथा क्षेत्रमा हेलिकप्टरको अधिक प्रयोग गर्दा स्थानीयको रोजगारीमा समेत असर परिरहेको बताइएकाे छ ।

प्रतिक्रिया