

काठमाडौंबाट कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना, ११ जना घाइते

काठमाडौं – काठमाडौंबाट कुरिनटार जाँदै गरेको भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान धादिङको थाक्रे गाउँपालिका ६ स्थित सडकबाट करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खस्दा भएको दुर्घटनामा घाइतेमध्ये ३ को अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेसी प्रहरी लगायतले उद्धार गरेका थिए । घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।
उक्त भ्यानमा मनकामना दर्शनका लागि काठमाडाैंबाट जाँदै गरेका यात्रु रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

