
रवि कारागार पुगेपछि तोसिमालाई कैदीहरूको चिन्ता !
काठमाडाैं- सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का सभापति रवि लामिछाने अहिले कास्की जिल्ला कारागार कास्कीमा छन् ।
बिहीबार सभापति रवि लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
यता, आफ्ना सभापति कारागार पुगेपछि मात्रै रास्वपाकी सांसद तोसिमा कार्कीलाई कैदीहरुको चिन्ताले पिरोलेको छ । उनले देशभरका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारमा डेङ्गु नियन्त्रणका लागि धूप तथा लिक्युड पठाउन गृहमन्त्रीलाई आग्रह गरेकी छिन् ।
शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘माननीय गृहमन्त्रीज्यू, देशैभरी मध्ये कास्कीमा डेङ्गुको सबैभन्दा धेरै सङ्क्रमण छ। कास्कीको ७५०० भन्दा बढी केस भएकोमा ६४०० भन्दा बढी त पोखरा महानगरमै रहेछ। कारागारमा थुनिएकाहरूको चाहिँ स्वास्थ्य सुरक्षा हेर्न नपर्ने हो र रु एउटा लामखुट्टे भगाउने धूप या लामखुट्टे भगाउने लिक्विडसम्म दिइएको रहेनछ। गृहमन्त्रीज्यूलाई अनुरोध गर्छु। यथाशीघ्र देशभरिका सम्पूर्ण थुनुवा कक्ष तथा कारागारहरूमा डेङ्गु नियन्त्रणका उपायहरू अपनाउने, लामखुट्टे भगाउने धूप तथा लिक्युड प्रदान गर्ने व्यवस्था गरियोस्। थुनामा रहेका तथा कारागारमा रहेकाहरू पनि नागरिक हुन्।’



कागजपत्र |
