इजरायलमा कामदार पठाउने प्रक्रियामा ‘ब्रेक’


काठमाडौं- नेपालले इजरायल कामदार पठाउन तत्काललाई रोक लगाएको छ । इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच तनाव बढ्दै गएपछि तत्काल इजरायल कामदार पठाउने प्रक्रिया रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर क्षेत्रीका अनुसार  परराष्ट्र मन्त्रालयमार्फत पछिल्लो घटनाक्रमको अवस्था बुझ्न तेल–अभिभस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ । दूतावासबाट इजरायलको अवस्थाका बारेमा जानकारी आएपछि मात्र प्रक्रिया अघि बढाइने उनले बताए ।

इजरायलको केयर गिभरको रोजगारीका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका छ न्। उनीहरूको अर्को सूचना जारी नभएसम्म प्रक्रिया रोकिएको विभाग महानिर्देशक क्षेत्रीले जनाए ।

 

प्रतिक्रिया