मीनबहादुरले एमालेलाई दिएको जग्गाविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा


काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेलाई प्राप्त जग्गाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ ।

बिहीबार उक्त रिट न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा परेको थियो । केहीबेर रिटमा छलफल भएपनि ‘हेर्न नमिल्ने’मा राखिएको हो । अब अर्को पेसी आइतबारलाई तोकिएको छ ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट बुधबार सर्वोच्चले दर्ता गरेको थियो । स्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

प्रतिक्रिया