काठमाडौंमा प्लास्टिकका माला र फूल प्रतिबन्ध
काठमाडौं- काठमाडौं महानगरपालिकाले तिहारका बेला प्रयोग गरिने प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ ।
वातावरणमा नकारात्मक प्रभाव पार्ने भन्दै महानगरपालिकाले प्लास्टिकका माला फूललगायतका सामाग्री बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा निषेध गरेको हो ।
महानगरपालिकाले सूचना जारी गर्दै प्रतिवन्धित कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाएको छ ।
महानगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाउने उल्लेख गरिसकेको छ ।