आलोकनगरमा निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु


काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरमा एक घरको चौथो तलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर निजको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको बताइएकाे छ ।

प्रतिक्रिया