
गण्डकीका वन मन्त्री भेषबहादुरद्वारा शपथ ग्रहण
काठमाडौँ – गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।
केही बेरअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई वन मन्त्री नियुक्त गरेका थिए ।
वरियतामा असन्तुष्टि जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली थियो । भेषबहादुर काँग्रेस वरिष्ठ नेता शेखर कोइराला निकटका हुन् ।



कागजपत्र |
