दीक्षान्त समारोहका लागि आवेदन फारम भर्ने समय थप


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोह (२०८१) मा भाग दिन अनलाइन फाराम भर्ने समय थप गरिएको छ ।

असोज २३ गतेसम्म फाराम भर्ने म्याद भएकोमा अब कात्तिक १० गतेसम्म भर्न सकिने छ ।

दसैँ बिदाको कारण केही विद्यार्थीले आवेदन फाराम भर्न नपाएकोले म्याद थप गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया