काभा पुरुष भलिबल: नेपाल फाइनलमा प्रवेश


काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलङ्काको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अङ्कले जितेको हो। जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ ।

शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ।

 

प्रतिक्रिया