अवरूद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा


काठमाडौँ- शुक्रबार दिउँसो सुख्खा पहिरो खसेर अवरूद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

शुक्रबार दिउँसो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ पिप्लेमा पुनः पहिरो खसेर वैकल्पिक मानिएको बाटो पनि अवरुद्ध भएको थियो ।

पहिरोले सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आइरहको बस र टाटा सुमो पुरेको थियो। तर, मानवीय क्षति भने भएको थिएन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाका अनुसार उक्त सडक खण्डको पहिरो पन्छाएर शुक्रबार दिउँसो २ः३० बजेबाट सडक पुनः सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया