माओवादी केन्द्र दलका नेता नै शेरधन राईको मन्त्रिपरिषदमा, आङबुहाङ अर्थमन्त्री


काठमाडौं– प्रदेश १ सरकारमा खाली रहेका चार मन्त्रालयमा मुख्यमन्त्री शेरधन राईले मन्त्री नियुक्त गर्ने भएका छन्। शुक्रबार प्रदेश मन्त्रीपरिषद विस्तारका क्रममा नेकपा माओवादी केन्द्र छाडेकासहितलाई मन्त्री नियुक्त गर्न लागिएको हो।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता टङ्क आङबुहाङ नै राईको मन्त्रिपरिषदमा समावेश गरिएका छन्। उनी अर्थमन्त्री नियुक्त हुने भएका हुन्।

नयाँ मन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथ लिनेछन्। ओली समूहमा आएकी उषाकला राई सामाजिक विकासमन्त्री हुने भएकी छन् भने अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका हुन् । उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा  प्रदेश मन्त्री नियुक्त हुन लागेका हुन्।

प्रतिक्रिया