घट्याे सुनकाे भाउ


काठमाडाैं- स्थानीय बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ। आइतबार घटेको सुनको मूल्य आज थप घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकाे तुलनामा थप ५ सय रूपैयाँले सुनकाे भाउ घटेकाे छ । मूल्य घटेसँगै आज स्थानीय बजारमा सुनको मूल्य आज एक लाख ६० हजार पाँच सय रुपैयाँमा झरेको छ।

शुक्रबार हालसम्मकै उच्च मूल्य १ लाख ६१ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन आइतबार ३ सय रुपैयाँले घटेर १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो। उच्च मूल्यपछि आजसहित सुनकाे मूल्य लगातार दुइ दिन घटेकाे हाे ।

सुनकाे मूल्य घट्दै गर्दा आज चाँदीकाे मूल्य पनि घटेकाे छ । आइतबारकाे तुलनामा चाँदी प्रतिताेला ५ रूपैयाँले घटेकाे हाे ।

महासंघका अनुसार आज चाँदीकाे मूल्य प्रतिताेला १ हजार ९ सय ८० रुपैयाँ कायम भएकाे छ ।

प्रतिक्रिया