सहसचिव र उपसचिव पदको लिखित नतिजा सार्वजनिक


काठमाडौं-  लोकसेवा आयोगले सहसचिव र उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक (प्रकाशन) गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सहसचिव र उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । लोकसेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१५६-०८०–८१ (आ.प्र.), कृषि सेवा, कृषि प्रसार समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

यस्तै लोकसेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६७०६-०८०–८१ (आ.प्र.), इञ्जि.सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि आयोगले प्रकाशन गरेको आयोग कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया