काठमाडौंसहित यी १२ जिल्लामा बाढीको सम्भावना, उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध


काठमाडौं- आज काठमाडौँसहित देशका २४ जिल्लाका खोला नदीमा बाढी आउने र त्यसले क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी महाशाखाले आज बिहान सूचना जारी गरी काठमाडौँसहित १२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको र उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।

महाशाखाले भनेको छ- आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाइराखौँ ।

यस्तै आज उदयपुरसहित पूर्वका १२ जिल्लाका खाेला-नदीमा पनि बाढी आउने र प्रभावित क्षेत्रमा क्षति पुर्‍याउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।

महाशाखाका अनुसार आगामी ३ दिन कर्णाली, महाकाली र यसका सहायक नदी साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक छ ।

प्रतिक्रिया