पैदलै फर्किँदैछन् बिपी राजमार्गमा अलपत्र परेका यात्रुहरू


काठमाडौं- अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट बिपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै फर्किन थालेका छन् ।

काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्मको विभिन्न स्थानको सडक अवरुद्ध भएपछि फसेका यात्रुहरू पैदलै फर्किन थालेका हुन् । तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरुले गुनासो गरेका छन् ।

कष्टकर यात्राले कतिपय यात्रुको खुट्टा चोटग्रस्त भइसकेका छन् । कोही बिरामी परिसकेका छन्, कोही थाकेर पाइला सार्न समेत पीडा भोगिरहेका छन् ।

प्रतिक्रिया