मधेश सरकारद्वारा बाढीपीडितका लागि ८ करोड विनियोजन


जनकपुरधाम- मधेश प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएकाे क्षतिवापत पीडितलाई राहत तथा पुनःस्थापना गर्नका लागि आठ करोड रकम विनियोगज गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अविरल वर्षाले पुर्‍याएकाे क्षतिवापत पीडितलाई राहत तथा पुनःस्थापनावापत प्रदेशको आठ वटै जिल्लालाई एक-एक करोड आपतकालीन रकम विनियोजन गर्ने निर्णय गरेको हो ।

साथै उक्त बैठकबाट मधेशमा बाढीबाट क्षति भएको सडक पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए । उनले तीन दिनसम्म लगातार परेको अविरल वर्षाका कारण देशभरि आएको बाढी र पहिरोको प्रकोपबाट मधेश पनि अछुतो नरहेको बताउनुहुँदै मधेशको आठवटै जिल्लामा कुनै न कुनै रुपले क्षति पुर्याएका कारण रहत स्वरुप उक्त रकम छुट्याएको जानकारी दिए ।

प्रतिक्रिया