गृह तानिए काभ्रे र धादिङका सिडियो


काठमाडौं – गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले बताए ।

मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे र काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । प्रवक्ता तिवारीले दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको दाबी गरेका छन् ।

असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा पनि जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया