दिल्लीबाट पक्राउ परेका मेयर देवकुमारलाई नेपाल ल्याइयाे


काठमाडाैं- भारतको दिल्लीबाट गत असोज ११ गते पक्राउ परेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेपाल ल्याइएको छ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली बचतकर्ताको रकम अपलचन गरेर लामो समयदेखि फरार थिए ।

उनलाई शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको थियो । इन्टरपोलमार्फत थप प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । उनलाई आजै हवाइमार्ग हुँदै पोखरा पठाइसकेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी करिब २ अर्ब रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको उल्लेख छ।  नेपालीविरुद्ध एक हजार पाँचसय ७३ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय बाग्लुङ जाहेरी निवेदन दिएका थिए ।

 

प्रतिक्रिया