विपदका बेला आफूखुसी हवाई भाडा नबढाउन निर्देशन


काठमाडौं-  प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपदको मौका छोपेर हवाई भाडा आफूखुसी नबढाउन निर्देशन दिएको छ । समिति सचिव सुरजकुमार दुराले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै यस विषयमा आवश्यक निर्देशन तथा सहजीकरण गरिदिन अनुरोध गरेका हुन् ।

‘यस विकराल तथा प्रतिकूल परिस्थितिमा आवतजावतको विकल्पको रूपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरूले आफू खुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठुलो असर पारेको देखिन्छ‚’ पत्रमा लेखिएको छ‚ ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवश्यक निर्देशन हुन माननीय सभापतिज्यूको निर्देशानुसार अनुरोध गर्दछु ।’

प्रतिक्रिया