विराटनगरका लागि उडेका २ जहाज काठमाडौं फर्किए


काठमाडौं- काठमाडौंबाट विराटनगरका लागि उडेका २ वटा जहाज फर्किएका छन् । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्ध र यति एयरलाइन्सका जहाज काठमाडौं नै फर्किएका हुन् ।

विराटनगर विमानस्थलका प्रमुख सुवास झाले मौसम खराबीका कारण यात्रुसहित बीचैबाट जहाज फर्किनुपर्ने अवस्था आएको बताए । दुवै जहाज काठमाडौं पुगेर अवतरण भइसकेका छन् ।

बुद्ध र श्री एयरलाइन्सका जहाज यात्रु ओरालेर पुनः यात्रु राखी फर्किसकेको उनले बताए । विराटनगरका लागि दिउँसो १२:३० बजेसम्म ६/७ वटा उडान हुनुपर्ने हो। तर, बुद्ध र श्रीका २ वटा जहाजले मात्रै उडान भर्न सकेको झाले बताए ।

प्रतिक्रिया