अझै हुन सकेन समाजवादीका नेताहरूको कार्य विभाजन


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन सम्पन्न गरेको झन्डै तीन महिना पुग्न लाग्दा पनि नेताहरूको कार्य विभाजन गर्न सकेको छैन ।

महाधिवेशनपछि नेताहरूको कार्य विभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा अध्यक्ष माधव नेपालबाहेक सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल र प्रकाश ज्वाला रहेका छन् ।

उक्त कार्यदलको औपचारिक बैठक अहिलेसम्म बस्न नसकेको सम्मानित नेता तथा कार्यदल सदस्य झलनाथ खनालले बताए ।

प्रतिक्रिया