अछाममा बच्चाले लाइटर खेलाउँदा आगलागी


अछाम- अछाममा एक घरमा आगलागी भएको छ । सोमबार साँझ चौरपाटी गाउँपालिका-३ गगुडा बस्ने प्रसादे साउदको ढुंगा माटोले बनेको खरले छाएको २ तले २ कोठे कच्ची घरमा आगलागी भएको हो ।

उनका ७ वर्षीय छोराले घरमा कोही नभएको बेला लाइटरले खेल्ने क्रममा आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट घर र घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुडा लगायतका सामानहरु जलेर नष्ट भएको छ । मानवीय तथा चौपाया क्षति भने भएको छैन ।

स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया