छविलाल जोशीको बयान सुरु


पोखरा-  पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बयान सुरु गरेको हो ।

जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । अदालतले भने ५ दिनको मात्रै म्याद दिएको थियो ।

काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको हो ।

प्रतिक्रिया