सत्ताका लागि काँग्रेस-एमालेले संविधान संशोधन हतियार बनाए : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस-एमालेले संविधान संशोधनलाई सत्ताको हतियार बनाएको बताएका छन् ।

संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले अहिले परिस्थिति निकै जटिल बन्दै गएको बताए । ‘प्रचण्ड’ले भने, ‘परिस्थिति निकै जटिल छ, सहज छैन । यो संविधान शान्ति सम्झौताको अंग पनि हो । अहिले दुई ठूला पार्टी त्यसको मर्मअनुसार अघि बढ्न खोजेका छैनन् । उहाँहरूको एजेण्डा संविधान संशोधन दुईचार दिन अगाडिसम्म थिएन । यो संविधानले राजनीतिक स्थिरता भए समीक्षा गर्ने बेला भयो कहिल्यै भन्नुभएको थिएन । कसैले सुन्नुभएको छ, एमाले र काँग्रेसले संविधान संशोधनको कहिल्यै छलफल गरेका थिएनन् । उनीहरूलाई चाहिएको सरकार थियो ।’

माओवादी केन्द्रको नेतृत्वको सरकारलाई हटाउनै पर्ने निष्कर्षमा पुगेपछि संविधान संशोधनको विषयलाई कथा बनाएको भन्दै उनले थपे, ‘यो उहाँहरूको एजेण्डा होइन, अरूको एजेण्डा हो ।’

प्रतिक्रिया